Technology Khabar २ बैशाख २०७७, मंगलवार
काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधिमा अत्यावश्यक सवारी साधन सञ्चालनका लागि आजदेखि ई-पासको व्यवस्था सुरु भएको छ।
गृह मन्त्रालयले सोमबार एक कार्यक्रमका बिच ई-पास लागू गरेको जानकारी दिएको छ । ई-पासका लागि खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अत्यावश्यक कामको लागि मात्र अनलाइनमार्फत सवारी पास लिन सकिने छ।
यसको लागि गृह मन्त्रालयले https://epass.moha.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्ने व्यवस्था गरेको छ ।
सो अनलाइनमा फाराम भर्दा सम्पूर्ण बिबरणहरु र आवश्यक कामको बारेमा जानकारी दिनुपर्नेछ ।
सोहि आधारमा जिल्ला प्रशासन कार्यालयहरुले ई-पास उपलब्ध गराउनेछन् ।
प्रकाशित: २ बैशाख २०७७, मंगलवार