रोबोटिक एसोसिएसनले बनाएको खानेकुरा बोक्ने रोबोटको सफल परीक्षण, हेर्नुस् भिडियोमा

Technology Khabar २ बैशाख २०७७, मंगलवार

रोबोटिक एसोसिएसनले बनाएको खानेकुरा बोक्ने रोबोटको सफल परीक्षण, हेर्नुस् भिडियोमा
रोबोटिक एसोसिएसन अफ नेपालले पहिलो पटक फुड क्यारिङ्ग रोबोट परीक्षण हुँदै

काठमाडौं ।

रोबोटिक एसोसिएसन अफ नेपालले पहिलो पटक फुड क्यारिङ्ग रोबोटको सफल परीक्षण गरेको छ ।

संस्थाले हालै आफूले तयार पारेको सो रोबोटलाई टिचिङ्ग अस्पतालका बायोमेडिकल इन्जिनियरहरुको सहयोगमा परीक्षण गरेको हो ।

सो रोबोट एसोसिएसनका तर्फबाट पृथ्वी चौधरीको नेतृत्वको टिमले तयार पारेको हो । जून रोबोटले अस्पतालमा भएका बिरामीहरुको बेडसम्म खानेकुराहरु ल्याउँछ ।

फुड क्यारिङ्ग रोबोटले टिचिङ्ग अस्पतालमा तयार पारिएको आइसोलेसन वार्डमा कोभिड १९ को उपचारको क्रममा सहयोग गर्ने अपेक्षासहित तयार पारीएको हो ।

परीक्षणको क्रममा रोबोटले एफपिभी सेट कसरी प्रयोग गर्ने, कसरी रोबोटलाई नियन्त्रण गर्ने र खाना डेलिभरी गर्दा कसरी संचालन गर्ने भन्ने परीक्षण गरिएको थियो ।

एसोसिएसनले सोहि रोबोटलाई आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत परीक्षण र प्रदर्शन गर्नेछ ।

तयार पारीएको रोबोटले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ का बिरामीहरुसँगको एक्सपोजरबाट बचाउन सहयोगी हुने एसोसिएसनको भनाई छ ।

यसबाहेक एसोसिएसनले ड्रोन एयर भेन्टिलेटर र नेपाल इन्नोभेसन म्यापर टूल समेत तयार पारीरहेको जनाएको छ।

प्रकाशित: २ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया