ताजा समाचार

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले कोरोनाभाइरस विरुद्धको कोषमा रकम जम्मा गरे

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले कोरोनाभाइरस विरुद्धको कोषमा रकम जम्मा गरे
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट कोरोनाभाइरस विरुद्धको सरकारी कोषमा रकम जम्मा गरिएको छ ।

प्राधिकरणका अध्यक्षसहितका कर्मचारीहरुले तलबमा कट्टा हुनेगरी ४ लाख ५६ हजार रुपैयाँ सो कोषमा आज जम्मा गरेका हुन् ।

प्राधिकरणका कर्मचारीहरुको तर्फबाट अध्यक्षको १५ दिनको तलब बराबरको रकम जम्मा गरिएको छ भने वरिष्ठ निर्देशक तथा निर्देशकहको ७ दिनको तलब, उपनिर्देशक तथा सहायक निर्देशकहरुको ५ दिन र सहायक भन्दा मुनीका कर्मचारीहरुको ३ दिनको तलब बराबरको रकम जम्मा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि नै प्राधिकरणको कोषबाट व्यहोर्नेगरि १५ करोड रुपैयाँ “कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष” जम्मा गरिसकेको जनाएको छ ।

Sajilo Visa
easy care