Xiaomi

चिनियाँ स्मार्टफोन मेकर शाओमीले बुहानमा भएको आफ्नो स्टोर ७६ दिनपछि खोल्यो

चिनियाँ स्मार्टफोन मेकर शाओमीले बुहानमा भएको आफ्नो स्टोर ७६ दिनपछि खोल्यो
Global IME Bank

चिनियाँ टेक कम्पनी शाओमीले कोभिड-१९ महामारीका बिचमा चीनमा बन्द भएका आफ्ना सबै आफ्ना सबै स्टोरहरु अहिले खुला गरेको छ । यसअघि चीनको बुहानमा संक्रमण ह्वात्तै बढेपछि कम्पनीले बुहानमा रहेको स्टोर समेत बन्द गरेको थियो ।

अहिले भने सरकारले बुहानमा लकडाउन हटाएको र सबै व्यवसायलाई खुला गरेसँगै कम्पनीले बुहानको स्टोर पनि खोलेको हो । यो बन्द भएका अन्य स्टोरहरुमध्ये एक थियो । कम्पनीले करिब ७६ दिनपछि सो स्टोर खोलेको हो ।

चिनियाँ मिडियाहरुका अनुसार बुहानमा रहेको शाओमीको सो स्टोर आकर्षणको केन्द्रमा थियो ।

अहिले सो स्टोर खोलिएसँगै स्टोरमा जाने सबै ग्राहकहरुको लागि उनीहरुको बिबरण खुलाउनुपर्ने अनिवार्य गरिएको छ । यसका साथै सो स्टोरमा तापक्रम नाप्नुपर्नेछ भने ग्राहकले प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाएको हुनुपर्नेछ ।

यसअघि शाओमीका प्रेसिडेन्ट वाङ्ग जियाङ्गले बुहानमा रहेको कम्पनीको मुख्यालयका सबै कर्मचारीहरु सुरक्षित भएको जानकारी दिएका थिए । जसमा अधिकांश इन्जिनियरहरु छन् ।

शहर खुला गरिएसँगै बुहानमा शाओमीले पनि आफ्नो व्यवसायीक गतिबिधि शुरु गरेको छ । तर कम्पनीका कर्मचारीहरुले कडा नियमको पालना गरेर मात्र कार्यालय प्रवेश गर्न दिईएको छ । जहाँ कर्मचारीहरु र ग्राहकहरु सबैका लागि दैनिक तापक्रम जाँचका साथै कोभिड-१९ का सबै परीक्षणहरु पुरा गरेको हुनुपर्नेछ । एजेन्सी

Sajilo Visa
easy care