
काठमाडौं ।
कोरोनाभाइरस महामारीले विश्वभर लकडाउन शुरुभएपछि चर्चामा आएको भिडियो कन्फ्रेन्सिङ्ग एप जूमका प्रयोगकर्ताहरु २० करोड नाघेका छन् ।
गएको डिसेम्बरमा करिब १ करोड मात्र प्रयोगकर्ताहरु रहेकोमा लकडाउनको अवस्थामा यूजर्सहरुको संख्या २० करोड नाघेको कम्पनीका प्रमुख एरिक युआनले बताएका छन् ।
उनले बुधबार सबै प्रयोगकर्ताहरुका लागि ब्लग लेख्दै हाल २० देशका ९० हजार स्कूलहरुमा जूम प्रयोग भईरहेको जानकारी दिएका छन् । उनकाअनुसार दैनिकरुपमा २० करोड मिटिङ्गहरु हुने गरेका छन् ।
जूमका प्रमुखले पछिल्लो दिनमा डाटा प्राइभेसीको मुद्धामा विवादमा रहेको बारेमा पनि उल्लेख गरेका छन् ।
जूमलाई प्रयोगकर्ताहरुको डाटा फेसबुकसँग शेयर गरेको आरोप लागिरहेको छ । जसले गर्दा हालै कम्पनीले आफ्नो आईओएस एपलाई अपडेट गरेको थियो । यो बारेमा अमेरिकामा सरकारी अधिकारीहरुले अनुसन्धान गर्न शुरु गरिसकेका छन् ।
कम्पनीले आगामी ९० दिनमा जूम एपमा कुनैपनि नयाँ फीचर नराख्नेगरि फीचर फ्रिज गरेको छ । र सो अवधिभित्र अहिले एपमा देखिएका
कमजोरीहरु पत्ता लगाएर त्यसलाई समाधान गर्ने यूआनले बताएका छन् ।
कम्पनीले यसका साथै तेस्रो पक्षसँग मिलेर काम गरिरहेको बताएको छ।
प्रमुख यूआनले आफ्नो र कम्युनिटीको प्राइभेसी तथा सेक्यूरिटीको बारेमा कमजोर भएको समेत स्वीकार गरेका छन् ।
जूममा डाटा शेयर गर्ने बाहेक, लाइभ मिटिङ्गमा अर्को मानिस प्रवेश गर्नसक्ने, स्कूलमा कन्टेन्ट शेयरिङ्ग र भ्रामक इण्ड टू इण्ड एनक्रिप्सन राखिएको आरोप लाग्दै आएको छ । एजेन्सी
प्रकाशित: २० चैत्र २०७६, बिहीबार