
काठमाडौं ।
कोरोना महामारीका बीच चिनियाँ भिडियो शेयरिङ्ग तथा सामाजिक नेटवर्किंग एप टिकटकले भारतमा डक्टर्स र मेडिकल स्टाफ को लागी १०० करोड भारु बराबरको मेडिकल इक्विपमेंट अनुदानमा दिने भएको छ । टिकटक न्यूज रूमकाअनुसार यसमा ४ लाख हजमेट सूट्स (प्रोटेक्टिव सूट) र २००,००० मास्क समावेश छन्।
सोशल नेटवर्क साइटकाअनुसार भारतको मिनिस्ट्री अफ हेल्थ र फेमिली वेल्फेयरलाई दिने यी उपकरणहरुका लागी मिनिस्ट्री अफ टेक्सटाइल्सका साथमा काम गरीरहेको छ। आगामी दिनमा कम्पनीले थप डोनेशन गरेर सरकारलाई सहयोग गर्नका लागि तयार रहेको बताएको छ।
भारत टिकटकको लागि सबैभन्दा ठूलो बजार हो । जहाँ २० करोड प्रयोगकर्ताहरु छन भने १२ करोड मासिक सक्रिय प्रयोगकर्ताहरु छन् ।
टिकटकले एक स्टेटमेन्टमा कोरोना महामारीको समय डक्टरहरु र मेडिकल स्टाफको महत्वको बारेमा बताएको छ । कम्पनीले उनीहरु भाइरसबाट बढि खतरामा रहेको र बढि एक्सपोज हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
टिकटकले भारतको स्थानिय तहलाई समेत २० हजार मास्क दिएको छ ।
*हेडलाइन सच्याईएको
प्रकाशित: २० चैत्र २०७६, बिहीबार