
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले सन् २०१९ मा आफ्नो आम्दानीमा कमी आएको बताएको छ । कम्पनीले अमेरिकी कालोसूचीका कारण आफ्नो व्यवसायमा कमी हुँदा नाफामा समेत कमी आएको जानकारी दिएको हो ।
ह्वावेले गत वर्ष कुल ८५८.८ बिलियन यूआन आम्दानी गरेको छ जसमा अघिल्लो वर्षको तुलनामा १९.१ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले खुद नाफा ६२.७ बिलियन यूआन गरेको छ जून अघिल्लो वर्षको तुलनामा ५.६५ प्रतिशतको वृद्धि हो ।
तर कम्पनीको यो नाफा सन् २०१७ को २८ प्रतिशत र सन् २०१८ को २५ प्रतिशतको तुलनामा निकै कम हो ।
कम्पनीले सन् २०१९ को शुरुवातमा अहिले आम्दानी गरेअनुसार नै प्रक्षेपण गरेको भएपनि कम्पनीले वर्षको बिचमा आएर आम्दानीको लक्ष्यलाई बढाएको थियो ।
तर गएको मे महिनामा ह्वावे अमेरिकाको कालो सूचीमा परेको थियो । जसले गर्दा कम्पनीसँग कुनैपनि अमेरिकी कम्पनीहरुले कारोबार गर्न पाउँदैनन् ।
सोहि कारण कम्पनीले आफ्नो आम्दानीमा करिब १२ बिलियन डलरको कमी आएको बताएको छ ।
कम्पनीले सन् २०२० ह्वावेको लागि निकै कठिन वर्ष हुने समेत बताएको छ ।
कम्पनीको आम्दानीमा क्यारियर बिजनेस जसमा ५जी मोबाइल नेटवर्क उपकरणहरु पर्दछ, त्यसको बिक्रीदर ३.८ प्रतिशतले वृद्धि भएको छ । तर कम्पनीको कन्जुमर बिजनेस यूनिटमा भने ३४ प्रतिशतको वृद्धि देखिएको छ, जसमा स्मार्टफोन पनि समावेश छ ।
ह्वावेले चीनको बजारमा ३८.५ प्रतिशत स्मार्टफोन बिक्री हिस्सा लिएको छ भने विश्व बजारमा यसको हिस्सा २७ प्रतिशत रहेको छ । एजेन्सी
प्रकाशित: १९ चैत्र २०७६, बुधबार