
काठमाडौं ।
गूगलले प्ले स्टोरमा एकाउन्ट परिवर्तन गर्ने सुविधा शुरु गरेको छ । गत वर्ष घोषणा गरिएको यो फिचर अहिले रोलआउट गर्न शुरु गरिएको छ ।
नयाँ फीचर शुरुभएसँगै अब प्रयोगकर्ताहरुले गूगलको प्ले स्टोरमा एकाउन्ट स्वीच अर्थात फेलबदल गर्नसक्ने सुविधा आएको छ । यसमा यूजसले आफ्नो सबै गूगल सेटिंगहरु व्यवस्थापन गर्न सक्नेछन् ।
गूगलले नयाँ डिजाइन सिमित प्रयोगकर्ताहलाई मात्र उपलब्ध गराएको छ भने आगामी दिनमा थप डिभाइसहरुमा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
अब जीमेल र अन्य जी सुईटको जस्तै प्रोफाइल इमेज सर्च बारको दाहिने साइडमा देखिने ९टू५गूगलको रिपोर्टमा उल्लेख छ । नयाँ लोकेसन करिब करिब जीमेल र जी सुईट एप्समा भएको जस्तै।
यदि प्रयोगकर्ताले फुल मेनूमा ट्याप गरेको खण्डमा त्यहाँ विभिन्न एकाउन्टहरु देखिनेछन जून लग इन गरिएका हुन्छन् ।
यसका साथै भ्वाइस सर्च आइकनाई देब्रे भागमा राखिएको छ भने नेभिगेसन ड्रअरलाई केहि छोटो बनाईएको छ ।
प्रकाशित: १७ चैत्र २०७६, सोमबार