यूट्यूबको इन्टरनेट नेटवर्कमा दबाब कम बनाउने प्रयासः विश्वभर भिडियोहरुको क्वालिटी घटायो

  • Technology Khabar | १२ चैत्र २०७६, बुधबार
यूट्यूबको इन्टरनेट नेटवर्कमा दबाब कम बनाउने प्रयासः विश्वभर भिडियोहरुको क्वालिटी घटायो

काठमाडौं ।

अल्फाबेट इंक अन्तरगतको भिडियो प्लेटफर्म यूट्यूबले अब विश्वभर भिडियोको क्वालिटी घटाएको छ ।

कम्पनीले अहिलेदेखि नै विश्वभरका यूजर्सका लागि स्ट्याण्डर्ड डेफिनिसनलाई डिफल्टको रुपमा बनाएको हो । यसअघि यूजर्सले सामान्यतया हाई डेफिनिसनमा भिडियोहरु हेर्न सक्दथे ।

यूट्यूबको यो कदम विश्वभर करोडौं मानिसहरु घरमा नै लकडाउन भएको अवस्थामा हुने इन्टरनेट पूर्वाधारहरुमाथिको दबाबलाई कमगर्ने उद्धेश्यले आएको हो ।

कम्पनीको यो नयाँ कदम विश्वभर मंगलबारदेखि नै रोलआउट हुन शुरु गरेको छ र करिब ३० दिनसम्म कायम हुनेछ । विश्वभर कोरोनाभाइरसको त्रासका बिचमा करोडौं मानिसहरु घरमा नै लकडाउन भएर बसेका छन् ।

यूट्यूबले जारी गरेको स्टेटमेन्टअनुसार कम्पनीको यो कदम अनपेक्षित अवस्थाको यो अवस्थामा सिस्टममाथि कम भन्दा कम दबाब बनाउने प्रयास हो ।

तर यूजरहरुले अझैपनि आफूले चाहेको अवस्थामा म्यानुअलि उच्च रिजोलुशनमा भिडियो हेर्नसक्नेछन् ।

यसअघि नै यूट्यूब र नेटफ्लिक्सले यूरोपमा भिडियोको क्वालिटी घटाउने बताईसकेका थिए ।

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार