टेबुल टेनिस बोर्ड साइज जत्रो रेडमी स्मार्ट टिभी म्याक्स लन्च, मूल्य नै करिब ३ लाख ६० हजार रुपैयाँ

  • Technology Khabar | १२ चैत्र २०७६, बुधबार
टेबुल टेनिस बोर्ड साइज जत्रो रेडमी स्मार्ट टिभी म्याक्स लन्च, मूल्य नै करिब ३ लाख ६० हजार रुपैयाँ

काठमाडौं ।

रेडमीको के३० प्रोको लन्चका साथमा शाओमीले रेडमी ब्रान्ड अन्तर्गत केहि अन्य उत्पादनहरू पनि सार्वजनिक गरेको छ। यसमध्ये सबभन्दा खास रेडमी टिभी हो।

शाओमीले ९८ इन्चको रेडमी स्मार्ट टिभी म्याक्स लन्च गरेको छ। कम्पनीले यो टिभीको लन्चिङ्गको बारेमा पहिले नै टिज गरेको थियो । शाओमीले रेडमी स्मार्ट टिभी म्याक्स चीनमा १९,९९९ युआन अर्थात करिब ३ लाख ६० हजार रुपैयाँ मूल्यमा लन्च गरेको हो ।

रेडमी स्मार्ट टिभी म्याक्समा४के यूएचडी रिजोलुशनको ९८ इन्चको डिस्प्ले छ, जुन १.२ मिटर लामो र १३.६ गुणा लामो बेड जत्रो ठूलो छ। यो टिभी कुनै टेबुल टेनिस बोर्डको आकार जत्रो रहेको छ ।

रेडमी स्मार्ट टिभी म्याक्समा १९२ डाइनामिक ब्याकलाईट जोन्स छ जून ८५ प्रतिशत एनटीएससी सपोर्टका साथ आउँछ।

यसमा एमईएमसी कपसेन्स  र कयौं इमेज क्वालिटी टेक्नोलोजी रहेका छन् ।  यस स्मार्ट टिभीमा १२ एनएमको प्रोसेसर छ, जुन ४ जीबी र्याम र ६४ जीबी आन्तरिक  स्टोरेजका साथ आउँदछ।

कम्पनीले यो टिभी किन्ने ग्राहकहरुलाई विशेष सुबिधाहरुसहित इन्स्टल र भीआईपी डेलिभरीको सुबिधा दिनेछ । एजेन्सी

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १२ चैत्र २०७६, बुधबार