कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न निन्जा रोबोट्स, थाईल्याण्डका अस्पतालहरुमा प्रयोग

  • Technology Khabar | ११ चैत्र २०७६, मंगलवार
कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न निन्जा रोबोट्स, थाईल्याण्डका अस्पतालहरुमा प्रयोग

काठमाडौं ।

थाईल्याण्डका केहि अस्पतालहरुले कोरोनाभाइरसको संक्रमण रोक्न निन्जा रोबोट्सको प्रयोग शुरु गरेका छन् ।

हालै आएको एक रिपोर्टअनुसार ती निन्जा रोबोट्सले संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नेछन् ।

निन्जा रोबोट्सले मेडिकल कर्मचारीहरुलाई सहयोग गर्नेछन भने बिरामीहरुको बारेमा समेत जानकारी राख्नेछन् ।

कालो रंगका ती निन्जा रोबोटसले वार्ड भन्दा बाहिर बिरामीहरुको तापक्रम अवलोकन गर्न र बिरामीहरुसँग कुरा गर्न सक्दछन् । जसले गर्दा मेडिकल स्टार्फहरुलाई संक्रमणको जोखिम घटाउनेछ ।

शुरुवाती चरणमा यी रोबोटहरुलाई स्ट्रोकका रोगीहरुको रिह्याबिलिटेसन मनिटर गर्नका लागि बनाईएको थियो भने हाल उनीहरुलाई ज्वरो आएका विरामीहरुको हेरचाहका लागि पुन प्रयोग गरिएको छ । यसले गर्दा फ्रन्ट लाइनमा रहेका डक्टरहरुको दबाबलाई कम गर्नेछ भने भाइरस फैलनबाट समेत नियन्त्रण हुनेछ ।Robotsसमाचार एजेन्सीको रिपोर्टअनुसार भीबुन संगभेराफुन्सिरी अफ छुआलोङ्गकोर्न यूनिभर्सिटीले ती रोबोट्सको थप संस्करणहरु ल्याउने योजना बनाएको बताएको छ । जसलाई स्टेरिलाइजेसन कोठाहरु र बिरामीहरुलाई खाना र औषधि दिने कामका लागि प्रयोग गर्न सकिनेछ ।

हाल बैंककका चारवटा अस्पतालहरुमा त्यसप्रकारका रोबोटहरु प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । एजेन्सी

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार