काठमाडौं ।
थाईल्याण्डका केहि अस्पतालहरुले कोरोनाभाइरसको संक्रमण रोक्न निन्जा रोबोट्सको प्रयोग शुरु गरेका छन् ।
हालै आएको एक रिपोर्टअनुसार ती निन्जा रोबोट्सले संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नेछन् ।
निन्जा रोबोट्सले मेडिकल कर्मचारीहरुलाई सहयोग गर्नेछन भने बिरामीहरुको बारेमा समेत जानकारी राख्नेछन् ।
कालो रंगका ती निन्जा रोबोटसले वार्ड भन्दा बाहिर बिरामीहरुको तापक्रम अवलोकन गर्न र बिरामीहरुसँग कुरा गर्न सक्दछन् । जसले गर्दा मेडिकल स्टार्फहरुलाई संक्रमणको जोखिम घटाउनेछ ।
शुरुवाती चरणमा यी रोबोटहरुलाई स्ट्रोकका रोगीहरुको रिह्याबिलिटेसन मनिटर गर्नका लागि बनाईएको थियो भने हाल उनीहरुलाई ज्वरो आएका विरामीहरुको हेरचाहका लागि पुन प्रयोग गरिएको छ । यसले गर्दा फ्रन्ट लाइनमा रहेका डक्टरहरुको दबाबलाई कम गर्नेछ भने भाइरस फैलनबाट समेत नियन्त्रण हुनेछ ।
समाचार एजेन्सीको रिपोर्टअनुसार भीबुन संगभेराफुन्सिरी अफ छुआलोङ्गकोर्न यूनिभर्सिटीले ती रोबोट्सको थप संस्करणहरु ल्याउने योजना बनाएको बताएको छ । जसलाई स्टेरिलाइजेसन कोठाहरु र बिरामीहरुलाई खाना र औषधि दिने कामका लागि प्रयोग गर्न सकिनेछ ।
हाल बैंककका चारवटा अस्पतालहरुमा त्यसप्रकारका रोबोटहरु प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । एजेन्सी
प्रकाशित: ११ चैत्र २०७६, मंगलवार