कोरोनाभाइरसकाे बढ्दो प्रकोपका बिच भीभो भी१९ स्मार्टफोनको लन्चिङ्ग सर्यो

  • Technology Khabar | ११ चैत्र २०७६, मंगलवार
कोरोनाभाइरसकाे बढ्दो प्रकोपका बिच भीभो भी१९ स्मार्टफोनको लन्चिङ्ग सर्यो

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भीभोले कोरोनाभाइरसको बढ्दो प्रभावलाई ध्यानमा राख्दै भीभो भी१९ स्मार्टफोनको लन्चिङ्ग स्थगित गरेको छ।

रिपोर्टका अनुसार अब यो अप्रिल ३ तारिखमा सार्वजनिक हुनेछ। हाल कम्पनीले नयाँ सार्वजनिक हुने मितिको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन, तर कम्पनीले पुरानो ट्विट भने हटाएको छ।

पुरानो ट्वीटकाअनुसार यसलाई २६ मार्चमा लन्च गर्नु पर्ने थियो। तर कोरोनाभाइरसका कारण कम्पनीले आफ्नो लन्चलाई स्थगित गर्ने निर्णय गरेको हो। यद्यपि,लन्च गर्नुभन्दा पहिले नै कम्पनी फोनका सुविधाहरू र फिचरहरु सम्बन्धी धेरै जानकारीहरू बाहिर आएका छन।

रिपोर्टहरूकाअनुसार भीभो भी१९ स्मार्टफोनमा जम्मा ६ वटा क्यामरा हुनेछ । त्यहाँ दुई फ्रन्ट क्यामेरा र चारवटा रियर क्यामेरा हुनेछ। जसमा ४८ मेगापिक्लेस प्लस ८ प्लस २ प्लस २ क्यामरा सेन्टर हुनेछन् ।

कम्पनीकाअनुसार सेल्फीका लागि ३२ मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल पंच होल क्यामेरा सेटअप पाईनेछ।

फोनमा क्वालकम स्न्यापड्रागन ७१२ प्रोसेसरको साथ सुसज्जित हुनेछ । यस बाहेक यसमा ४००० एमएएच ब्याट्रीका साथ ३३ वाटको फास्ट चार्जिंग सपोर्ट पनि हुनेछ।

यस कम प्रकाशमा सेल्फी लिन सुपर नाइट मोड प्राप्त गर्दछ। यस बाहेक, यो अैारा स्क्रीन लाईट र सुपर वाइड एंगल फोटोग्राफी फिचर हुनेछ।

फोनमा ६‍४४ इन्च फुल एचडी प्लस, सुपर एमोलेड डुअल आईभ्यू ई३ डिस्प्ले हुनेछ। यसमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध हुनसक्नेछ।

भीभो भी१९ स्मार्टफोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ । एजेन्सी

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार