
काठमाडौं ।
प्रत्येक दिन प्रयोगकर्ताको अगाडि केहि यस्ता ईमेलहरु आउने गर्दछन जसमा क्लिक गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्ताहरु सोच्न थाल्दछन्।
धेरैजसो ईमेलहरु प्रमोशन र प्रयोगकर्तालाई धोका दिने खालका हुने गर्दछन भने केहि ईमेलहरुमा क्लिक गर्दा प्रयोगकर्ताको सिस्टम ह्याक हुन पनि सक्दछ । यस्तोमा हामी आज यस्तै केहि फेक ईमेलहरुको बारेमा जानकारी दिदै छौ जसबाट प्रयोगकर्ताहरु टाढै रहनु पर्दछ।
आजकल क्रेडिट कार्डको प्रयोग अधिकतम हुने गर्दछ । तर धेरै पटक यस्ता ईमेलहरु पनि आउने गर्दछन जसमा प्रयोगकर्ताको क्रेडिट कार्ड बैकले उनिहरुको घरमा पुर्याईदिएको र डेलिभरीको लागी उनिहरुले पठाएको फर्म भर्न भनिएको हुन्छ । तर यर्थाथमा कुनैपनि बैंकले आफ्ना ग्राहकहरुलाई यस्तो उल्लेख गरिएको कुनैपनि प्रकारको ईमेलहरु पठाउने गर्दैनन् । स्मरण रहोस यस्तो ईमेल त्यस्ता मानिसहरुलाई पनि आउने गर्दछ जसले क्रेडिट कार्डको लागी आवेदन नै गरेका हुँदैनन् ।
प्रयोगकर्ताहरुलाई कहिलेकाँहि चिट्ठामा लाखौं रुपैयाँ परेको भन्ने जस्ता ईमेलहरु पनि आउने गर्दछ । यस्तोमा प्रयोगकर्ताहरु सचेत रहनु पर्दछ । किनभने यस्ता मेलहरुले प्रयोगकर्तालाई ठग्ने र उनिहरुको अकाउन्टलाई ह्याक गर्न पनि सक्ने छ । यस प्रकारको ईमेलहरुमा क्लिक गर्नुपहिले यसको सब्जेक्ट लाइनलाई ध्यान दिएर पढ्ने गरौं ।
प्रयोगकर्ताको इनबक्स वा स्पाममा कुनै चिजको लागी अनुरोधको लागी मेलहरु आउने गर्दछ । यसमा धेरैजसो मेलहरु एनजिओको नामबाट आउने गर्दछ । तर यथार्थमा भने कुनै पनि एनजिओहरुले यस प्रकारको मेलहरु पठाएका हुँदैनन् । यस्तोमा प्रयोगकर्ताले यस प्रकारको मेलहरुमा झट्ट क्लिक गरिहाल्नु मुर्खता हुन सक्ने छ । यस्ता ईमेलहरुलाई इनबक्समा त्यसै रहनु दियौँ वा यसलाई डिलिट गर्ने गरौं ।
कुनै बेला महिनाको अन्त्यमा प्रयोगकर्ताहरुलाई यस्तो ईमेलहरुपनि आउने गर्दछ जसलाई ओपन गर्नको लागी उनिहरुको बैंक अकाउन्टको नम्वर एड गर्नुपर्ने हुन्छ । यस्ता ईमेलहरु कहिलेकाँहि बैंकबाट पनि आउने गर्दछ तर ह्याकरहरुले पनि यस्तो ईमेल पठाउने गर्दछन् । यस्तोमा प्रयोगकर्ताले बैंकसँग सम्पर्क गरेर मात्रै ईमेल ओपन गर्नु बुद्धिमानी हुन सक्दछ ।
प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार