भिडियो शेयरिङ प्लेटफर्म टिकटकको नयाँ म्यूजिक एप ‘रेसो’ भारतमा लन्च, यस्ताछन् फिचरहरु

  • Technology Khabar | २२ फाल्गुन २०७६, बिहीबार
भिडियो शेयरिङ प्लेटफर्म टिकटकको नयाँ म्यूजिक एप ‘रेसो’ भारतमा लन्च, यस्ताछन् फिचरहरु

काठमाडौं ।

काठमाडौं । टिकटकको प्यारेन्ट कम्पनी बाईटडान्सले भारतमा एक म्यूजिक स्ट्रिमिंग एप ‘रेसो’ लन्च गरेको छ । बाईटडान्स एक चिनियाँ कम्पनी हो र यसै कम्पनीको टिकटक हाल विश्वभर निकै चर्चित बनेको छ ।

कम्पनीले टिकटकमा पाएको सफलतालाई माध्यनजर गर्दै भारतमा एक नयाँ एप लन्च गरेको हो । हाल भारतमा गाना, जियो सावन, यूट्यूब म्यूजिक, एप्पल म्यूजिक र स्पटिफाई जस्ता एप्स पपुलर रहेका छन्।

रेसो म्यूजिक स्ट्रिमिंग एपको कुरा गर्दा यो एप पनि अरु एप्सका जस्तै गित सुन्नको लागी नै रहेको छ । तर यसमा कम्पनीले सोशल मिडियाको केहि फिचरहरु पनि थपेको छ । यसमा एक ‘भाइव्स’ नामको फिचर रहेको छ।

भाइव्स फिचरअनुसार यसमा इमेज वा शर्ट भिडियो क्लिप्स पाईने छ, जसको ब्याकग्राउन्डमा ट्रयाक हुने छ । लिरिक्सलाई काट गरेर यूजरहरुले डाईरेक्ट सोशल प्लेटफर्म जस्तो फेसबुक, इन्स्टाग्राम, ट्विटर र ह्वाट्सएप मा शेयर गर्न सक्दछन्।

यसको स्क्रिनमा गितको लिरिक्स देखिने छ जहाँ यसलाई सिधै सेलेक्ट गरेर कोहिसँग पनि शेयर गर्न सकिने छ । यस एपको यूजर इन्टरफेसलाई सिम्पल बनाइएको छ । यसमा धेरै अलग अलग सेग्मेन्ट रहने छन, जहाँबाट यूजरले आफुलाई मनपर्ने म्यूजिक रोज्न सक्ने छन् ।

यस एपमा नेभिगेशनलाई सजिलो बनाउनको लागी ट्रयाक चेन्ज गर्न वा पछाडि गर्नको लागी स्वाइप आप र स्वाइप डाउन यूज गर्न सकिने छ । यस एपमा अरु म्यूजिनक स्ट्रिमिंग एपको जस्तै यूजरहरुले गित, आर्टिस्ट र एल्बम सर्च गरेर सुन्न सक्दछ।

यस एपलाई एन्ड्रोएड र आईफोनमा फ्रि डाउनलोड गर्न सकिने छ । यद्पी यसलाई सब्स्क्राइब गर्नको लागी यूजरले प्रत्येक महिना पैसा तिर्नु पर्ने हुन्छ । यसमा एन्ड्रोएड यूजरको लागी प्रत्येक महिना ९९ भारतीय रुपैयाँ राखिएको छ भने आईओएस यूजरहरुको लागी ११९ भारतीय रुपैयाँ राखिएको छ । एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार