कृषि विकास बैंक र फोन पे बीच सम्झौता, फोन पेका सेवा बैंकको मोबाईल बैंकिङ मार्फत पाईने

  • Technology Khabar | २१ फाल्गुन २०७६, बुधबार
कृषि विकास बैंक र फोन पे बीच सम्झौता, फोन पेका सेवा बैंकको मोबाईल बैंकिङ मार्फत पाईने

काठमाडौं ।

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि. बिच सम्झौता भएको छ ।

सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्ने बताईएको छ ।

सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा (Cash back) पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • २१ फाल्गुन २०७६, बुधबार