चिनियाँ बजारमा ६ करोड ह्याण्डसेट यूनिट स्टकमा, अनलाइन इभेन्ट मात्र गर्दै ब्राण्डहरु

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । चीनका बितरण च्यानलमा ह्याण्डसेटहरुकाृ स्टक आगामी २ महिनासम्मको लागि रहेको छ र त्यसले विभिन्न ब्राण्डहरुलाई नयाँ मोडलहरुको लागि रोडम्याप बनाउन सहयोग पुग्ने रिपोर्ट आएकोछ ।

चीनमा बिक्रीका लागि विभिन्न च्यानलहरुमा करिब ६ करोड ह्याण्डसेट रहेको र त्यसले आगामी २ महिनासम्मको मागलाई पुरा गर्ने डिजिटाइम्सले उल्लेख गरेको छ ।

केहि दिनअघि मात्रै एप्पलले आइफोनको सिपमेन्टमा अवरोध आउन सक्ने र बिक्रीमा कमी हुनसक्ने चेतावनी दिएको थियो ।

त्यसैगरि चीनमा आधारित ओप्पोले पनि आफ्नो सिपमेन्टको प्रक्षेपणलाई संसोधन गरेको छ भने सप्लाई चेन मेकर्सहरुसँग आफ्नो अर्डरलाई पुन कम गरेको छ । ओपोले आफ्नो नयाँ आउन लागेको नयाँ मोडल फाइण्ड एक्स२ को लन्च डेटलाई पछाडि सारेको छ ।

ओपोकै सब-ब्राण्ड रियलमीले भने आफ्नो नयाँ आउन लागेको एक्स५० प्रो मोडलका लागि तयारी गरिरहेको छ तर कम्पनीले यसलाई अनलाइन इभेन्टको रुपमा मात्र लन्च गर्नेछ ।

चिनियाँ स्मार्टफोन मेकर ह्वावेले भने आफ्नो नयाँ फोल्डेबल फोन मेट एक्सएस ५जीलाई अनलाइनमा मात्र लन्च गर्नेछ र यसका साथमा आउने नयाँ प्रडक्टहरु जसमा स्मार्टफोन, ट्याबलेटहरु, आईओटी र ५जी डिभाइसहरु समावेश हुनेछ ।

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया