
काठमाडौं ।
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको लेखा समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई थप गम्भीरताका साथ छलफल गर्नुपर्ने भएको हुँदा हालको लागि प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिईएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने पनि समितिले बताएको छ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियाको बारेमा आजको बैठक बस्नु अघि नै हालै राजीनामा दिएका संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले कमिसनको लागि बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको थियो ।
सो प्रकृयामा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो हाम्राकुरा डटकमले सार्वजनिक गरेको थियो ।
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार