गोकुल बास्काेटाको ट्विट- नैतिकताको आधारमा राजीनामा दिएँ

  • Technology Khabar | ८ फाल्गुन २०७६, बिहीबार
गोकुल बास्काेटाको ट्विट- नैतिकताको आधारमा राजीनामा दिएँ
फाइल

काठमाडौं ।

काठमाडौं । राजीनामा दिएका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेको हुँदा राजीनामा दिएको बताएका छन्।

उनले आफ्नो ट्विटर एकाउन्टबाट नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।

यसअघि सदनमा पनि सभामुख अग्नी प्रसाद सापकोटाले अनौपचारिकरुपमा संचार मन्त्रीको राजीनामा आएको जानकारी गराएका थिए ।

संचार मन्त्री बास्कोटालाई सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकृयामा कमिसनको लागि बार्गेनिङ्ग गरेको अडियो हाम्राकुरा डटकमले हिजो राती सार्वजनिक गरेको थियो । सो अडियोमा मन्त्री बाँस्कोटाले करिब ७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ्ग गरिरहेको सुन्न सकिन्छ ।

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...