
काठमाडौं ।
काठमाडौं । अन्तरिक्षमा सेटेलाइटहरुको लिंकमार्फत ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको वनवेबले आफ्नो३४ वटा स्याटेलाइटहरु यहि फरबरी ७ मा लन्च गर्ने योजना लिएको छ ।
कम्पनीले आफ्नो पहिलो चरणको स्याटेलाइट काजाकस्तानको बैकोनूर कस्मोड्रोमबाट लन्च गर्न लागेको हो ।
यी स्याटेलाइटहरु सो अपरेटरको ग्लोबल नेटवर्कको हिस्सा हुनेछन जसलाई एरिएनस्पेसले लन्च गर्नेछ ।
यहि जनवरीको अन्त्यमा वनवेबले काजाकस्तानमा ब्रोडब्याण्ड स्याटेलाइट नेटवर्क बनाउनका लागि इन्टरनेशनल फाइनान्स सेन्टर एस्टाना कन्सर्निङ्ग डेभलपमेन्टसँग सम्झौता गरेको थियो । यसका साथै वनवेबबाट मध्य एशियामा उपलब्ध गराउने सेवाको लागि हबको रुपमा पनि घोषणा गरेको छ । एजेन्सी
प्रकाशित: २३ माघ २०७६, बिहीबार