
काठमाडौं ।
काठमाडौं । अमेरिकी फेडरल कम्युनिकेशन्स कमिशन(एफसिसि)ले यसै साता अमेरिकाका ग्रामीण भेगका बासिन्दाहरुलाई ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन उपलब्ध गराउन स्वीकृती प्रदान गरेको छ । एफसिसिले २०.४ अर्ब डलर राशी अमेरिकाभर ग्रामीण भेगाहरुमा ब्रोडब्याण्ड कनेक्सन पुर्याउन उपयोग गर्नेछ ।
यो कदम एजेन्सीको अहिलेसम्मकै सबैभन्दा ठूलो एकल कमद हो जसले डिजिटल डिभाइसलाई रोक्नेछ, एफसिसिले प्रेस रिलिजमा भनेको छ । तर ५ मध्ये २ एजेन्सीहरुले भने भ्रामक डाटामा आधारित भएको भन्दै यो योजनामा आशंका व्यक्त गरेका छन् ।
ब्रोडब्याण्ड प्रदायकहरुलाई आगामी १० वर्षका लागि रुलर डिजिटल अपच्यूनिटी फण्ड छुट्याईनेछ । यो केबल प्रदायकहरु, वायरलेस कम्पनीहरु र इलेक्ट्रिक कर्पोरेशनहरुलाई समेत उपलब्ध हुनेछ, जून कम्पनीहरुलाई यस्ता सरकारी अनुदानहरुबाट परम्परागतरुपमा बाहिर राखिँदै आएका छन् ।
यो फण्डले अमेरिकाभरका ग्रामीण भेगमा हाल बस्ने बासिन्दाहरु जहासम्म ब्रोडब्याण्ड पहूँचको सुनिश्चितता छैन र त्यहाँ उच्चगतिको ब्रोडब्याण्ड लाखौं ग्रामीण अमेरिकनहरुलाई दक्ष र प्रभावकारीरुपमा पुर्याईनेछ, एफसिसिका चेयरम्यान अजित पाईले यसअघि भनेका थिए ।
यो फण्डका लागि आवश्यक रकम दुई चरणको अक्सनबाट उठाईनेछ । एजेन्सी
प्रकाशित: २१ माघ २०७६, मंगलवार