
काठमाडौं ।
काठमाडौं । चीनमा तिब्रगतिमा फैलिएको र विश्वभर देखिएको कोरोना भाइरसको प्रभावको बाबजुद केहि चिनियाँ टेक्नोलोजी कम्पनीहरुले आफ्नो उत्पादन कार्य जारीराख्ने बताएका छन् ।
चिनियाँ सरकारले हाले विभिन्न शहरहरु र राज्यहरुमा भाइरस फैलनबाट रोक्नका लागि काम रोक्न निर्देशन दिएको छ तरपनि केहि कम्पनीहरुले भने आफ्नो उत्पादन निरन्तर भईरहेको बताएका छन् ।
चिनियाँ टेलिकम जायन्ट ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो सामाग्रीहरुको उत्पादन शुरु गरेको बताएको छ । जहाँ कम्पनीले कन्जुमर डिभाइस र क्यारियर उपकरणहरु निर्माण गरिरहेको छ भने अपरेशन सामान्य रहेको बताएको छ ।
कम्पनीले विशेष परिस्थितीका साथ निश्चित तोकिएका क्रिटिकल उद्योगहरुलाई पुन संचालन गर्ने अनुमतिका साथ पुन उत्पादन शुरु गरेको हो ।
यसका साथैअन्य कम्पनीहरुले पनि आफ्नो सेवाहरु संचालन गरिरहेका छन्।
यसमध्येको चीन सरकारद्धारा प्रबद्र्धित फ्ल्यास मेमोरी उत्पादक याङ्गजे मेमोरी टेक्नोलोजीज कम्पनी लिमिटेडले पनि आफ्नो सेवा नरोकिएको बताएको छ । कम्पनी कोरोना भाइरस तिब्रगतिमा फैलिएको चीनको वुहान शहरमा रहेको छ ।
यसबाहेक सेमिकण्डक्टर उत्पादन गर्ने कम्पनी सेमिकण्डक्टर म्यानुफ्याक्चरीङ्ग इन्टरनेशनल कर्पले पनि चिनियाँ नयाँ वर्षको बिदाको समयमा पनिउत्पादन जारी गरेको जानकारी दिएको छ । कम्पनीले सोसल मिडियामा गरेको पोस्टअनुसार चिनियाँ नयाँ वर्ष शुरुहुनपहिले नै प्लान्टहरु संचालनको सुनिश्चितता गरिएको जनाएको छ । रोयटर्स
प्रकाशित: २१ माघ २०७६, मंगलवार