
काठमाडौं ।
काठमाडौं, १ पुस । नेपाल विज्ञापन संघको नयाँ नेतृत्व चयनका लागि पुष ३ गते हुन गइरहेको निर्वाचनमा रविन्द्र कुमार रिजाल (शशी) को नेतृत्वले उम्मेदवारी घोषणा गरेको छ ।
रविन्द्र कुमार रिजाल (शशी) को नेतृत्वमा उजय शाक्य उपाध्यक्ष सहित १२ सदस्यीय टिमले अबको आन हरेक विज्ञापन एजेन्सीको शान भन्ने नाराका साथ उम्मेदवारी घोषणा गरेको हो ।
रिजाल समूहले नयाँसोच, नयाँविचार, भिन्न शैली, विभिन्न विज्ञापन सम्बन्धी सेमिनार तथा तालिम, मध्यस्थताको संवाहक, बदलिदो विश्व सूचना प्रणालीसँगको सहकार्य एवं जानकारी, नेपाली विज्ञापन व्यवसायलाई अन्तर्राष्ट्रियकरणका साथसाथै संघले सम्मानगर्ने कृति अर्वाडलाई सभ्य एवं निष्पक्ष बनाउने दाबी गरेको छ ।
नयाँ सोच , नयाँ विचार, नयाँशिप, नयाँ सृजना एवं आधुनिक बजारशास्त्रको मान्यताहरुलाई हुबहू कार्यान्वयन गरी नेपाली विज्ञापन क्षेत्रमा लागु गराउने हाम्रो यस टिमको उदेश्य रहेको जनाएको छ ।
मोफसलमा रहेका विभिन्न विज्ञापन एजेन्सी लगायत आजका दिनसम्म विज्ञापनको ठुलो कारोबार गरी बसेका तथा यस संघको छाताभित्र आउन नसकेको सम्पूर्ण विज्ञापन व्यवसायी तथा एजेन्सीहरुलाई समेत यस संगठन भित्र समावेश गरी विज्ञापन एजेन्सीको सशक्त संगठन निर्माण र विस्तार हाम्रो टिमको अर्को उदेश्य रहेको बताएको छ ।
प्रकाशित: १ पुष २०७१, मंगलवार