फरेन करेन्सी एक्सचेन्ज कम्पनी ट्राभलेक्समा मालवेयर आक्रमण, सिस्टम अफलाइन हुँदा सेवा रोकियो

  • Technology Khabar | १९ पुष २०७६, शनिबार
फरेन करेन्सी एक्सचेन्ज कम्पनी ट्राभलेक्समा मालवेयर आक्रमण, सिस्टम अफलाइन हुँदा सेवा रोकियो

काठमाडौं ।

काठमाडौं । अन्तर्राष्ट्रिय फरेन करेन्सी एक्सचेन्ज ट्राभलेक्सको सेवाहरु मालवेयर आक्रमणका कारण डिसेम्बर ३१ मा रोकिएको सुनिश्चित भएको छ ।

लण्डनमा आधारित फरेन करेन्सी एक्सचेन्ज कम्पनीले विश्वभर १५ सय भन्दा बढि स्टोरहरु संचालन गरिरहेको छ । जसको सिस्टम अफलाइन भएको थियो ।

कम्पनीले डाटाको संरक्षण गर्न सिस्टमलाई अफलाइन गरिएको र मालवेयर फैलिनबाट सोक्न आवश्यक सुरक्षा अपनाईएको बताएको छ ।

ट्राभलेक्सले वेबसाइट तथा आफ्नो एपमार्फत करोबार गर्न असक्षम भएको जानकारी दिएको छ भने केहि स्टोरहरु म्यानुअल प्रकृयाद्धारा संचालन गरिएको बताएको छ ।

कम्पनीमा मालवेयर आक्रमण भएपनि ग्राहकहरुको डाटामा भने कुनै सम्झौता नभएको बताएको छ । तर कम्पनीले कुन प्रकारको मालवेयर आक्रमण भएको भन्ने बिस्तृत जानकारी दिएको छैन् । सो विषयमा फरेन्सिक अनुसन्धान भईरहेको छ । एजेन्सी

प्रकाशित: १९ पुष २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...