उद्योगमा विद्युत आपूर्ति बन्द हुँदा सामसंगको चीप उत्पादन रोकियो, लाखौं डलर क्षतिको अनुमान

  • Technology Khabar | १७ पुष २०७६, बिहीबार
उद्योगमा विद्युत आपूर्ति बन्द हुँदा सामसंगको चीप उत्पादन रोकियो, लाखौं डलर क्षतिको अनुमान

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले आफ्नो फ्याक्ट्रिबाट चीप उत्पादनलाई केहि समयको लागि रोकेको छ ।

कम्पनीले आफ्नोे ह्वासियोंग चीप कम्प्लेक्समा उत्पादन गर्दै आएको सेमीकण्डक्टर प्रडक्सनलाई प्लान्टमा विद्युत आपूर्ति बन्द भएको कारण रोकेको बुधबार जानकारी दिएको छ ।

सामसंगले डिर्याम र एनएएनडि फ्ल्याश चिप प्रडक्सन लाइनलाई क्षेत्रिय पावर ट्रान्समिसन केबलमा आएको समस्यापछि केहि दिनका लागि रोकेको हो । कम्पनीले सो समस्या समाधान हुन केहि दिन लाग्ने बताएको छ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चीप मेकर कम्पनीले आफ्नो प्रडक्सन लाइन पुन शुरु गर्न जाँच गरिरहेको छ भने सो घट्नाबाट भएको क्षतिको अनुसन्धान हुँदैछ ।

सो पावर कटको समस्याले कम्पनीलाई लाखौं डलर क्षति भएको अनुमान गरिएको छ तर कुनैपनि मुख्य हानी नोक्सानी भने भएको छैन् ।

यसअघि सामसंगको पियोंगटाईक चीप प्लान्टमा सन् २०१८ मा आधा घण्टा बिजुली नहुँदा कम्पनीलाई करिब ४ करोड ३३.२ लाख डलर घाटा भएको रिपोर्टमा उल्लेख छ । एजेन्सी

प्रकाशित: १७ पुष २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार