Technology Khabar १४ मंसिर २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्विटरले निष्क्रिय रहेका एकाउन्टहरु हटाउने योजना हालका लागि रोकेको छ । कम्पनीको सो घोषणाको विरुद्धमा यूजर्सको निकै गुनासोपछि हालका लागि सो योजना रोकेको हो ।
विगत ६ महिनादेखि निष्क्रिय रहेको ट्विटर एकाउन्टहरु बन्द गर्ने र यूजरनेम खाली गर्ने योजनालाई हालका लागि स्थगित गरेको छ ।
कम्पनीले सो एकाउन्ट हटाउने घोषणा गरेको एक दिनपछि नै नयाँ निर्णय गरेको हो ।
सामाजिक संजाल ट्विटरले अब आफ्नो प्लेटफर्ममा भएका यूजर्समध्ये मृत्यु भएका यूजरको एकाउन्टलाई मेमोरियलाइजिंग प्रकृया नभएसम्मका लागि कुनैपनि एकाउन्टहरु नहटाउने बताएको छ ।
यसअघि कम्पनीले निष्क्रिय एकाउन्टहरुमा एक्सन लिर्ने कारणमा नियमनकारी सँग सम्बन्धित रहेको बताएको थियो । कम्पनीले युरोपेली संघमा यो एक्सन सबैभन्दा पहिले लागू गर्ने बताएको थियो । टिुुवरले यूरोपको जनरल डाटा प्रोटेक्सन रेगुलेसन(जिडिपिआर)अन्तरगत निष्क्रिय एकाउन्टहरु हटाउन लागेको स्पष्ट पारेको थियो ।
तर अब कम्पनीले क्षमा माग्दै सबै पोष्टहरु राखिने बताएको छ।
ट्विटरले फेसबुकमा भएको मृतकहरुको एकाउन्टलाई सम्झनामा राख्न सकिने जस्तै टूल तयार पार्ने जनाएको छ । एजेन्सी
प्रकाशित: १४ मंसिर २०७६, शनिबार