विश्वभर ४ अर्ब ३० करोड आइपीभी४ एड्रेस छुट्याईयो, अब आइपीभी६ मा जानुपर्ने अवस्था

  • Technology Khabar | १२ मंसिर २०७६, बिहीबार
विश्वभर ४ अर्ब ३० करोड आइपीभी४ एड्रेस छुट्याईयो, अब आइपीभी६ मा जानुपर्ने अवस्था

काठमाडौं ।

काठमाडौं । विश्वभर आइपीभी४ एड्रेसहरु ४ अर्ब ३० करोड पुगेको छ । हालै यूरोपियन नेटवर्क कोअर्डिनेसन सेन्टरले दिएको जानकारीअनुसार अब आइपीभी४ एड्रेस छुट्याउन असंभव भएको छ ।

बेलायत, यूरोप, मध्यपूर्व र मध्य एशियाका केहि भागमा इन्टरनेट श्रोतहरु तोक्ने जिम्मेवारी पाएको सो संस्थाले थप आईपी४ एड्रेड तोक्न नसकिने जानकारी दिएको हो । यसको अर्थ इन्टरनेट सेवा प्रदायकहरु र ठूला नेटवर्क पूर्वाधार प्रदायकहरुका लागि आइपी४ सकिएको छ ।
यसअघि नै विश्वभर आइपीभी४ एड्रेस सकिएपछिको तयारी गरिएको थियो भने अब त्यसको प्रयोगको समय आएको छ ।

आइपीभी४ टप लेभल एड्रेस सन् २०१२ मा सकिएको थियो । सो समयमा विश्वका पाँच ठूलो क्षेत्रिय इन्टनरेट दर्ताहरुका लागि छुट्याईएको थियो ।

सन् २०११ अप्रिल १५ मा एशिया प्यासिफिक इन्टरनेट रजिस्ट्रिले अन्तिम आइपीभी४ ब्लक छुट्याएको थियो । त्यसैगरि सन् २०१४ जुन १० मा ल्याटिन अमेरिका र क्यारिबियनले अन्तिम ब्लक छुट्याएका थिए । सन् २०१५ सेप्टेम्बरमा उत्तर अमेरिकाले अन्तिम आइपीभी४ ब्लक छुट्याएको थियो ।

यदपि आइपीभी४ एड्रेस सकिएसँगै विश्वले नयाँ एड्रेसको तयारी गरेको थियो । जसलाई आइपीभी६ भनेर चिनिन्छ । केहि देशहरुले यसअघि नै आइपीभी६ लागू गरिसकेका छन् ।

चीनको एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्यूनिकेसन्स टेक्नोलोजीले सेप्टेम्बरमा जारी गरेको जानकारी अनुसार चीनमा मात्रै मई महिनासम्म ३१ करोड १० लाख भन्दा बढि सक्रिय आइपीभी६ यूजरहरु रहेका छन् ।

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार