
काठमाडौं ।
काठमाडौं । चीनको बेईजिङ्गमा आयोजित ५जी कन्भेन्समा चीनका इन्डस्ट्री एण्ड टेक्नोलोजी मिनिस्तर मोआओ वेईले देशभर १ लाख १३ हजार ५जी बेस स्टेशनहरु जडान भईसकेको जानकारी दिएका छन् । उनकाअनुसार यो वर्षको अन्त्यसम्ममा त्यसलाई बढाएर १ लाख ३० हजारभन्दा बढि पुर्याउने लक्ष्य रहेको छ ।
चीनमा पछिल्लो दिनमा ५जी टेक्नोलोजी तिब्ररुपमा वृद्धि भईरहेको छ भने चीन सरकारसहित अन्य ग्लोबल कम्पनीहरु तथा अनुसन्धान संस्थाहरु समेत यसमा लागिरहेका छन् ।
मोआओकाअनुसार हाल ५जी सेवाको प्रयोग गर्नेहरुको संख्या ८ लाख ७० हजार पुगेका छन भने यसमा तिब्रता आईरहेको छ । यो प्रविधिले गर्दा डिजिटल इकोनोमीका साथै वास्तविक अर्थव्यवस्थामा पनि तिब्र विकास हुने उनको भनाई छ।
चीनमा ५जी डाटा प्लानको शुरुवाती शुल्क करिब २ हजार रुपैयाँदेखि शुरु हुन्छ भने न्यूनतम ३० जीबी डाटा र ५०० मिनेटको भ्वाइस च्याट उपलब्ध हुन्छ ।
प्रकाशित: ८ मंसिर २०७६, आईतवार