
काठमाडौं ।
काठमाडौं । कम्प्यूटर एसोसिएशन नेपाल महासंघ(क्यान फेडेरेशन) को आसन्न १३ औं कार्यसमिति निर्वाचनका लागि नवराज कुँवरको समूहले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गरेको छ ।
क्यान महासंघमा हाल वरिष्ठ उपाध्यक्ष पदमा रहेका नवराज कुँवरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो टिमको समेत घोषणा गरेका हुन् । उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै १४ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
कुवँर समूहले क्यान महासंघका सदस्यहरुको हक हितका लागि सरकारसँग सहकार्य तथा समन्वय गर्न तीन विधि अपनाउने जानकारी दिए । उनले प्रतिबद्धता पत्रमा केन्द्र र सातै प्रदेशमा क्यान महासंघको आफ्नै भवन बनाउने, क्यान महासंघको सम्पूर्ण कार्यहरुलाई पेपरलेस बनाउने बताए ।
‘सफ्टवेयर डेभलपमेन्ट, बिजनेश प्रोसेस आउटसोसिंग(बिपिओ), नलेज आउटसोर्सिङ्ग(केपीओ), सूचना, संचार तथा शिक्षा प्रविधि( आईस टेक, सफ्टटेक) को विकास र बिस्तारका लागि आवश्यक रणनीति तय गरिनेछ,’ अध्यक्षका प्रत्योसी कुँवरले भने ।
कुँवर समूहले क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने, सातै प्रदेशमा इन्फोटेकको स्तरवृद्धि गर्दै जाने, भ्रमण वर्षलाई मध्यनजर गरेर सूचना प्रविधि र पर्यटन उद्योगलाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने, सूचना प्रविधिको विकास गर्न कुटनीतिक नियोगसँग छलफल गर्ने, गैरआवासीय नेपालीमार्फत सूचना प्रविधिका कम्पनीमा विदेशी लगानी भित्र्याउन आवश्यक कदम चाल्ने, क्यान फेडेरेशनलाई थप २ जिल्लाका साथै अन्तराष्ट्रिय च्याप्टरको बिस्तार गर्ने लगायतका एजेण्डाहरु सार्वजनिक गरेको छ ।
निर्वाचन यहि मंसिर ७ गते काठमाडौंमा हुँदैछ ।
यी हुन कुँवर प्यानलका उम्मेदवारहरु
अध्यक्ष नवराज कुँवर
संस्थागत साधारण समूहबाट
राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने
संस्थागत आजिवन समूहबाट
प्रा.डा. पवन कुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल
व्यक्तिगत आजिवन समूहबाट
प्रा.डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी
व्यक्तिगत साधारण समूहबाट
खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की,
वस्तुगत सदस्य समूहबाट
नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवि अधिकारी, प्रताप सापकोटा
लेखा समितिमा
लक्ष्मण यादव(संस्थागत सदस्य समूह) हृदय श्रेष्ठ(व्यक्तिगत सदस्य, भिमसेन गिरी(जिल्ला शाखा)
जिल्ला शाखा समूहबाट
प्रदेश नम्बर १ः निर्णय हुन बाँकी
प्रदेश नम्बर २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ
प्रदेश नम्बर ३ः शेखरनाथ दुलाल र भानु शर्मा
गण्डकी प्रदेशः अशोकबाबु राना
प्रदेश नम्बर ५ः रेशम गिरी र ध्रुवराज शर्मा(सुदिप)
कर्णाली प्रदेशः दलबहादुर खड्का र भीम मल्ल
सुदूरपश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार