भारत पछि नेपालीले इन्टरनेटमा अयोध्या बारे सबैभन्दा धेरै खोजे, ३२ प्रतिशतले गरे गूगल सर्च

  • Technology Khabar | २५ कार्तिक २०७६, सोमबार
भारत पछि नेपालीले इन्टरनेटमा अयोध्या बारे सबैभन्दा धेरै खोजे, ३२ प्रतिशतले गरे गूगल सर्च

काठमाडौं ।

काठमाडौं । हालै मात्र छिमेकी मुलुक भारतमा अयोध्या विवादमा त्यहाँको सर्वोच्च अदालतले दिएको फैसलाले निकै तरंग ल्याएको छ । हालसम्म पनि अयोध्याको बारेमा अदालतले गरेको फैसलाको सर्वसाधारणबिच निकै चर्चा रहेको छ ।

हिंदुहरुको ठूलो जनसंख्या रहेको भारतका साथै नेपालमा पनि यो विषय चर्चामा रहेको छ । अझैपनि अयोध्या र राम मन्दिरको बारेमा विभिन्न संचारमाध्यमहरुले प्रमुखताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् ।

यहि बेलामा सर्च इन्जिन गूगलमा अयोध्या बारेमा सर्च गर्ने मुलुकमा भारतपछि नेपाल परेको एक रिपोर्टमा दाबी गरिएको छ ।

रिपोर्टअनुसार निकै चर्चामा रहेको अयोध्याको बारेमा मानिसहरुले निकै सर्च गरिरहेको थिए भने भारतपछि नेपालीहरुले सबैभन्दा धेरै अयोध्याको बारेमा सर्च गरेका थिए ।

इन्टनेटमा भारतमा राम मन्दिर, अयोध्या फैेसला, राम मन्दिर लगायतका ५ प्रमुख शब्द ट्रेण्डिंगमा परेका थिए ।

रामको नाम सर्च गर्ने प्रमुख पाँच देशहरुको सूचीमा भारतपछि नेपाल परेको थियो भने त्यसपछि संयुक्त अरब इमिरेट, साउदी अरब र अष्ट्रेलिया परेका थिए ।

समाचार रिपोर्टकाअनुसार नेपालका ३२ प्रतिशत मानिसहरुले गूगलमा राम मन्दिर लेखेर सर्च गरेका थिए ।

माध्यम

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...