अनलाइन गेम पबजीको प्लेयर्स संख्या ८२ प्रतिशतले घट्यो, प्लेयर्सलाई आकर्षित गर्न नयाँ अपडेट

  • Technology Khabar | १८ कार्तिक २०७६, सोमबार
अनलाइन गेम पबजीको प्लेयर्स संख्या ८२ प्रतिशतले घट्यो, प्लेयर्सलाई आकर्षित गर्न नयाँ अपडेट
क्यान इन्फोटेक २०१९ मेलामा पबजी गेम खेल्दै एक युवक। फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं । नेपाली युवाहरुबिच निकै लोकप्रिय रहेको पबजी अनलाइन गेमको लोकप्रियता कम हुँदै गएको रिपोर्ट आएको छ । नेपालसहित विश्वभर निकै खेलिने मध्येको अनलाइन गेम प्लेयर अननोन्स ब्याटलग्राउण्ड अर्थात पबजीको लोकप्रियता गत वर्षको भन्दा ८२ प्रतिशतले घटेको देखिएको छ ।

आइकोनिक ब्याटल रोयल गेम पबजीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टीम चार्टसको रिपोर्टमा उल्लेख छ ।

स्टीम चार्टसको डाटाअनुसार पछिल्लो चार सातामा पबजीका औसत मासिक प्लयर्स २,८८,८४८ रहेको छ । तर सन् २०१८ जनवरीमा यो डाटा १,५८४,८८६ प्लेयर्स प्रति महिना रहेको थियो । तथ्यांकलाई हेर्दा पबजीको सक्रिय प्लेयर्सको संख्यामा उच्च गिरावट आएको देखिन्छ ।

पबजी गेमले जून २०१८ मा ४० करोड प्लेयर्सको लगइन संख्या पुगेको थियो । यो गेमले आफ्नो सक्रिय प्लेयर्सको संख्या लगभग एक सालसम्म १० लाख भन्दा माथि राखेको थियो जुन संख्या २०१८ सेप्टेम्बरमा घटेको थियो ।

पछिल्लो दिनमा आएको प्लेयर्सहरुको कमीलाई पूर्ति गर्न र प्लेयर्सलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरु ल्याईरहेको छ । हालै मात्र कम्पनीले अपडेट ५.१का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कम्पनीले कयौं नयाँ फिचर्स तथा एलिमेन्टलाई जोडेको थियो ।

त्यसैगरि पबजीले अर्को अनलाइन गेम फोर्टनाइटको देखासिकी गर्दै गेममा भेण्डिंग मेसिन पनि जोडेको छ ।

पबजीले ल्याएको नयाँ अपडेटले प्लेयर्सहरुलाई सो प्लेटफर्ममा कत्तिको आकर्षित गर्दछ भन्ने हेर्न केहि समय कुर्नुपर्ने हुन्छ । एजेन्सी

प्रकाशित: १८ कार्तिक २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार