ट्वीटरमा देखियो समस्या, कम्पनीले भन्यो- हामी समस्या समाधान गर्दैछौं

  • Technology Khabar | १५ आश्विन २०७६, बुधबार
ट्वीटरमा देखियो समस्या, कम्पनीले भन्यो- हामी समस्या समाधान गर्दैछौं

काठमाडौं ।

काठमाडौं । ट्वीटरमा समस्या देखिएको छ । ट्वीटर इंकले हालै सोसियल मिडिया वेबसाइट र ड्यासबोर्ड म्यानेजमेन्ट प्लेटफर्म ट्विटडेकमा समस्या आएको बताएको छ ।

यो समस्याका कारण हजारौं ट्विटर यूजर्सले ट्वीट गर्न वा नोटिफिकेसन हेर्न पाएका छैनन् ।

‘तपाईँले ट्वीटगर्न, नोटिफिकेसन लिन वा डिएम हेर्न सकिरहनुभएको छैन् । हामी त्यसलाई समाधान गर्न प्रयासरत छौं र छिटै सामान्यरुपमा फर्किनेछौं,’ कम्पनीले ट्विट गरेर भनेको छ । तर त्यसमा थप जानकारी छैन् ।

आउटेजको जानकारी राख्ने आउटेज डट रिपोर्टका अनुसार ४ हजार भन्दा बढि रिपोर्ट विश्वभरबाट आएको छ जसमा जापान, क्यानाडा, भारतसहितका देशहरु छन् ।

प्रकाशित: १५ आश्विन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार