जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

  • Technology Khabar | १४ आश्विन २०७६, मंगलवार
जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं ।

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. ले प्रति शेयर रु.१००/-अंकित दरको ३०,००,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी रु.२ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार