
काठमाडौं ।
काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियो आगामी ३ वर्षभित्रै विश्वको १०० सबैभन्दा ठूला कम्पनीहरुमा सामेल हुनसक्ने अवस्थामा रहेको एक रिपोर्टले देखाएको छ।
मार्केट रिसर्च फर्म कान्तार मिलवार्ड व्राउन तथा कम्यूनिकेसन सर्भिस प्रोभाइडर डब्लूपीपीले गरेको हालैको अनुसन्धान रिपोर्टअनुसार रिलायन्ज जियो तिब्ररुपमा अगाडि बढिरहेको कम्पनी भएको उल्लेख छ ।
जियो कम्पनी सन् २०१६ मा मात्र लन्च भएपनि भारतीय उपभोक्ताहरुका लागि निकै महत्वपूर्ण कम्पनी भएको छ ।
ग्लोबल ब्राण्डजेड रिसर्च डाइरेक्टर, कान्तारका निर्देशक मार्टिन गूएरिनले भने, ‘कहिलेकाँही बजारमा यस्ता ब्राण्डहरु आउँछन जसले पुरै बजारलाई प्रभावित पार्दछ, त्यसैकारणले गर्दा केवल उनीहरुको ग्राहकहरुलाई मात्र फाईदा हुने होईनकी अन्य दोस्रो कम्पनीहरुका ग्राहकहरुलाई पनि फाईदा हुन्छ, जियो यसको सबैभन्दा राम्रो उदाहरण हो ।’
रिपोर्टकाअनुसार जियोको कारणले भारतीय टेलिकम कम्पनीहरुलाई आफ्ना यूजर्सलाई निकै डिस्काउन्टमा सेवा दिनुपरेको छ । किनकी कम्पनीले ठूलो तहमा यूजर्सलाई डाटा डिस्काउन्ट दिईरहेको थियो । अझैपनि जियोको सब्सक्रिप्सन आधार ३४ करोड रहेकोछ ।
जियो लन्चको समयमा कम्पनीले ६ महिनासम्म निशुल्क डाटा दिएको थियो भने त्यसपछि न्यून शुल्कमा डाटा उपलब्ध गराउन शुरु गर्यो
सस्तोमा डाटा सेवा दिएको कारणले नै जियोले भारतका न्यून खर्च गर्न चाहने ग्राहकहरुको ठूलो संख्यालाई आफ्नो सेवा दियो । जियोका कारण नै भोडाफोन र एयरटेललाई आफ्ना शुल्कदर कम गर्नुपरेको थियो । एजेन्सी
प्रकाशित: ४ आश्विन २०७६, शनिबार