माइक्रोसफ्ट नयाँ अपरेटिंग सिस्टम ‘विण्डोज कोर’ मा काम गर्दै, ड्यूल स्क्रीन डिभाइसमा प्रयोग हुने

  • Technology Khabar | ३१ भाद्र २०७६, मंगलवार
माइक्रोसफ्ट नयाँ अपरेटिंग सिस्टम ‘विण्डोज कोर’  मा काम गर्दै, ड्यूल स्क्रीन डिभाइसमा प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टका लागि विण्डोज १० निकै लामो अवधिको व्यवसाय हो । विण्डोज १० अपरेटिंग सिस्टमलाई कम्पनीले निरन्तर अपग्रेड गरिरहेको छ ।

त्यसैले हाल कम्पनीले विण्डोज ११ ल्याउने कुनै संकेत देखिएको छ । तर पनि माइक्रोसफ्ट चुप लागेर भने बसेको छैन् । कम्पनीले हालै अन्य नयाँ सिस्टमहरु विकास गरिरहेको छ, जसमध्ये विण्डोज कोर ओएस एउटा हो । यसलाई विण्डोज १० अपरेटिंग सिस्टमको ड्यूल स्क्रीन ओएस भर्सन भनेर समेत बुझिन्छ ।

विण्डोज कोर ओएसको बारेमा विभिन्न चर्चा परिचर्चाहरु निकै समयदेखि हुँदै आएका हुन् । यसको बारेमा सबैभन्दा पहिलो सन् २०१७ मा देखिएको थियो । तर अझसम्म माइक्रोसफ्टले कुनै आधिकारी जानकारी वा अस्वीकार गरेको छैन् ।

विण्डोज १० को भी १९०३ मे महिनाको अपडेटसँग आएको डकुमेन्टअनुसार माइक्रोसफ्टले विण्डोज कोर ओएससँग सम्बन्धित केहि स्टेटमेन्टहरु उल्लेख गरेको छ ।

wPId: The Windows Core OS product ID

wsId: The Windows Core OS session ID

यदपि त्यहाँ कुनै निर्देशन वा विस्तृत जानकारीहरु छैन् । कम्पनीले यो नयाँ सिस्टमलाई आधुनिक यूआई इन्टरफेससँग प्रयोग हुने प्लेटफर्मको रुपमा विकास गर्न लागेको हो ।

विण्डोज कोर ओएस विशेषगरि ड्यूल स्क्रीन डिभाइस, एक्सबक्स, सर्फेस हब, होलोलेन्स र अन्य टर्मिनट डिभाइसहरुमा उपयुक्त हुन्छ ।

भर्खरै मात्र माइक्रोसफ्टले आफ्नो ड्यूल स्क्रीन डिभाइस आन्तरिक रुपमा देखाएको थियो । यसबाहेक कम्पनीले फोल्डेबल डिभाइसमा काम गरिरहेको छ । माइक्रोसफ्टले आउँदो अक्टोबर २ मा सर्फेस हार्डवेयर इभेन्ट राखेको छ जसमा ड्यूल स्क्रीन सर्फेस प्रदर्शन गर्ने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...