
काठमाडौं ।
काठमाडौं । भारतमा सरकारले प्रयोगकर्ताहरुको हराएको मोबाइल फोन खोज्न सकिने प्लेटफर्म शुरु गरेकोछ ।
भारतीय केन्द्रिय दूरसंचार मन्त्री रवि शंकर प्रसादले नयाँ वेबसाइट लन्च गरेका छन जहाँ प्रयोगकर्ताले आफ्नो हराएको वा चोरी भएको फोनहरुको बारेमा रिपोर्ट पेश गर्न सक्नेछन् ।
भारतीय सरकारले हाल यसलाई परीक्षणको रुपमा महाराष्ट्र राज्यमा शुरु गरेको छ जहाँ हराएका मोबाइल फोनहरु पुन प्राप्त गर्ने अभियान शुरु गरिएको छ ।
यो अभियान यसअघि सन् २०१७ मा भारतको डिपार्टमेन्ट अफ टेलिकम्यूनिकेसन्सले घोषणा गरेको हराएका फोनहरुको लागि प्रविधि प्रयोगअन्तरगत नै आएको हो ।
पार्टमेन्ट अफ टेलिकम्यूनिकेसन्सले मोबाइल डिभाइसमा हुने करोडौं आईएमईआई नम्बरहरुको लागि केन्द्रिकृत डाटाबेसको रुपमा सेन्ट्रल इक्यूपमेन्ट आईडेन्टिटी रजिस्टर विकास गरिसकेको छ ।
यसको लागि १५ डिजिटको आईएमईआई नम्बरको प्रयोग गरिनेछ । यदि कसैको फोन हराएको खण्डमा सो व्यक्तिले डिपार्टमेन्ट अफ टेलिकम्यूनिकेसन्समा उजुरी गर्नेछ र प्रहरीमा पनि रिपोर्ट गर्नेछ । त्यसैको आधारमा डिपार्टमेन्ट अफ टेलिकम्यूनिकेसन्सले सो आईएमईआई नम्बरलाई पत्ता लगाएर ब्ल्याकलिस्टमा राख्ने छ । जसले गर्दा सो हराएको वा चोरी भएको फोन प्रयोग गर्ने अर्को व्यक्तिले कुनैपनि मोबाइल नेटवर्कहरुमा पहुँच पाउने छैन् ।
यसबाहेक सो सेन्ट्रल इक्यूपमेन्ट आईडेन्टिटी रजिस्टरमार्फत आईएमईआई ट्र्याक गरेर नक्कली डिभाइसहरुको पनि पहिचान गर्ने बताईएको छ । एजेन्सी
प्रकाशित: ३० भाद्र २०७६, सोमबार