एप्पलले सेप्टेम्बर १० तारिखमा नयाँ आइफोन सार्वजनिक गर्ने, अन्य उत्पादनहरु पनि देखाईने

  • Technology Khabar | १५ भाद्र २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो नयााँ आइफोन लन्च गर्ने मिति तय गरेको छ । कम्पनीले आइफोन ११ सार्वजनिक गर्न सेप्टेम्बर १० तारिख छनौट गरेको छ ।

कम्पनीले अमेरिकाको क्यालिफोर्नियाको स्टीभ जब्स थिएटरमा सो इभेन्ट आयोजना गर्नेभएको छ । कम्पनीले सो इभेन्टमा नयाँ आइफोनका साथमा आइओएस १३ को अपडेट, एप्पल वाच, एप्पल टिभी प्लस र आर्केटका साथै विभिन्न सेवा तथा उत्पादनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

यसअघि नै कम्पनीले सोहि दिनमा नयाँ आइफोन ११ को लाइनअप सार्वजनिक गर्ने चर्चा रहेको थियो । जसमध्ये एउटामा एलसिडी स्क्रीन हुनेछ भने अन्य दुई ओएलईडी स्क्रीन भएका आइफोनहरु आउनेछन् । त्यसैगरि एउटा आइफोनमा ट्रिपल रियर क्यामरा सिस्टम हुने अपेक्षा गरिएको छ ।

अहिलेका आइफोन एक्सआर, आइफोन एक्सएस र आइफोन एक्सम्याक्सको अपग्रेडेड भर्सनमा क्यामरा सिस्टमपनि अपग्रेड हुन सक्नेछ । यसबाहेक कम्पनीले नयाँ कलर अप्सन पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

एप्पल वाचको नयाँ सिरिजमा सेरामिक र टाइटानियम केस सहितका मोडलहरु आउन सक्नेछ । त्यसैगरि सोहि इभेन्टमा म्याक बुक प्रोको रिडिजाइन आउन सक्नेछ भने यसमा १६ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ ।

यसबाहेक कम्पनीले नयाँ आइप्याड, आईओएस १३, आइप्याडओएस १३, टिभीओएस १३ र वाचओएस ६ का साथमा म्याकओएस पनि नयाँ देखाईने अपेक्षा गरिएको छ ।

स्रोत

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया