टेक्स्ट ट्विटको तुलनामा यूजरले भिडियो ट्विट मनपराउने, भिडियो ट्विट हेर्न १० गुणा थप समय खर्चिने

  • Technology Khabar | ११ भाद्र २०७६, बुधबार
टेक्स्ट ट्विटको तुलनामा यूजरले भिडियो ट्विट मनपराउने, भिडियो ट्विट हेर्न १० गुणा थप समय खर्चिने

काठमाडौं ।

काठमाडौं । इन्स्ट्यान्ट मैसेजिंग साइट ट्विटरले गरेको एक अध्ययन अनुसार टेक्स्ट ट्विटको तुलनामा भिडियो ट्विट हेर्नका लागि यूजरहरुले १० गुणा बढि समय बिताउने गर्दछन् । स्टडीमा यो पनि देखियो कि यूजर्सले स्मार्टफोनद्धारा बनाएको भिडियो पनि त्यति नै हेरियो जति  कुनै व्यावसायिकरुपमा तयार गरिएको भिडियोमा हेर्न मनपराए ।

ट्विटर यूजरले ट्विटमा सामान्य जीआईफ प्रयोग गर्नुको साटो सक्कली र ब्राण्डेडज जीफ प्रयोग गर्ने सुविधा दिन्छ । यो प्रयोग गर्न पनि निकै सहज रहेको छ । त्यस्तै आइफोनमा उपलब्ध फोटो एपमा कुनै भिडियोलाई जीआईएफ फम्र्याटमा परिवर्तन गर्ने बिल्ट इन क्यापाबिलिट रहेको छ । यसको साथै फोनको आधारमा पनि कयौं जीआईएफ फम्र्याट निमार्णको लागि एप्स बजारमा उपलब्ध छन् ।

ट्विटरले आफ्नो अध्ययनमा भनेको छ की टेक्स्ट ट्विटको तुलनामा जीआईएफका साथ गरिएको ट्विटमा यूजर्सले ५५ प्रतिशत अधिक समय बिताउने गर्दछन् ।

फोनबाट बनाएको भिडियोहरु हेर्न पनि मानिसहरुले उत्तिकै मन पराएका छ जति कुनै व्यवसायीकरुपमा तयार गरिएको भिडियो हेर्न चाहन्छन् ।

ट्विटरका अनुसार फोनबाट उत्कृष्ट भिडियो बनाउनका लागि थर्ड पार्टी एक्सेसरिजको सहयोग लिन सकिन्छ । यसमा अट्याचेबल लाइट्स, माइक्रोफोन र गिंबल लगायत छन् ।

यस बाहेक, स्क्रिन रेकर्डिंग पनि राम्रो विकल्प हो जब प्रयोगकर्ताले प्राविधिक प्रदर्शन दिनुपर्दछ। यसको माध्यमबाट भिडियो जीआईएफमा परिवर्तन गर्न सकिन्छ । एजेन्सी

प्रकाशित: ११ भाद्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार