कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
काठमाडौं ।
कृत्रिम बौद्धिकता (एआई) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ।
यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि.ले संस्थाहरूलाई कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ लैजान रणनीतिक पहल सुरु गरेका छन्।
ईसी-काउन्सिलका सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाद्वारा प्रस्तावित तथा वान कभर प्रा.लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरन्जिबी अधिकारी सहितको जीआरसी टिम मार्फत कार्यान्वयनमा ल्याउन लागिएको ईसी-काउन्सिल एडीजी फ्रेमवर्कले नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायहरूलाई एजेन्टिक एआई सुरक्षित रूपमा सञ्चालन गर्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ।
एजेन्टिक युगका लागि व्यावहारिक एडीजी फ्रेमवर्क ईसी-काउन्सिलको एडीजी फ्रेमवर्क एजेन्टिक एआई युगका लागि तयार पारिएको एक खुला र व्यावहारिक एआई गभर्नेन्स ढाँचा हो। विश्वभरका अग्रणी एआई, सुरक्षा र गभर्नेन्स विज्ञहरूको सहकार्यमा निर्मित यस फ्रेमवर्कले एआई नीति र प्राविधिक सुरक्षालाई एउटै संरचनामा एकीकृत गर्दछ: १२ कन्ट्रोल फेमिली: एआई प्रणालीको डिजाइन र डेटा संकलनदेखि रनटाइम सुरक्षा र फरेन्सिक अनुसन्धानसम्मको सम्पूर्ण जीवनचक्र समेट्ने १२ मुख्य क्षेत्रहरू।
१८०+ अपरेसनल कन्ट्रोल र ७२०+ मापदण्डहरू: दैनिक कार्यसञ्चालनमा लागू गर्न सकिने १८० भन्दा बढी कन्ट्रोल र ७२० भन्दा बढी स्पष्ट प्राविधिक तथा नीतिगत आवश्यकताहरू।
तीन एकीकृत आधारस्तम्भ: एडप्टले कुन एआई प्रणाली सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने निर्णय गर्छ; डिफेन्डले प्रम्प्ट इन्जेक्सन र साइबर आक्रमणविरुद्ध रनटाइम सुरक्षा प्रदान गर्छ; र गभर्नले सञ्चालक समिति तथा नियामक निकायहरूप्रति जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्दछ।
एउटै प्रमाण, अनेक नियामक समाधान नियामक निकाय, आन्तरिक लेखापरीक्षक र सुरक्षा टोलीहरूले एउटै विषयमा फरक–फरक मापदण्डअनुसार प्रश्न सोध्दा संस्थाहरूलाई दोहोरो प्रशासनिक भार पर्ने गर्दछ।
एडीजी फ्रेमवर्कको “एभिडेन्स वन्स. आन्सर मेनी” प्रणालीले यस समस्याको समाधान गर्दछ: ९०+ अन्तर्राष्ट्रिय मापदण्डहरूसँग आबद्धता: एडीजीका १८०+ कन्ट्रोलहरू ६ वटा क्षेत्रका ९० भन्दा बढी विश्वस्तरीय मापदण्ड, कानुन र थ्रेट क्याटलगहरूसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
जसमा एनआईएसटी एआई आरएमएफ, आईएसओ/आईईसी ४२००१, ईयू एआई एक्ट, एमआईटीआरई एटीएलएएस, एमआईटीआरई एटीटीएण्डसीके र ओडब्लूएएसपी टप १० फर एलएलएम एण्ड एजेन्टिक एप्लिकेशन्स प्रमुख छन्। निरन्तर र स्वचालित प्रमाण संकलन: यस प्रणालीले एडमिट, डिसाइड, एमिट र कमिट गरी चार रनटाइम चरणहरूमा काम गर्छ, जसले एआई एजेन्टको पहिचान, समय, नीतिगत जाँच र मानवीय स्वीकृतिको अभिलेख स्वचालित रूपमा सुरक्षित राख्छ। फलस्वरूप, अडिटको समयमा छुट्टै अनुसन्धान नगरी तुरुन्तै प्रमाणित विवरण पेश गर्न सकिन्छ।
नेपालमा एआई गभर्नेन्सको स्थानीय कार्यान्वयनकुनै पनि संस्थाले एआई गभर्नेन्स सुरु गर्न आफ्नो सम्पूर्ण प्रविधि संरचना रातारात परिवर्तन गर्नुपर्दैन। एडीजीले संस्थाको वर्तमान अवस्थाको मूल्याङ्कन गरी ३०, ६० र ९० दिनको स्पष्ट कार्ययोजना प्रदान गर्दछ।
सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्ताव तथा वान कभर प्रा.लि.को जीआरसी टोली को प्राविधिक नेतृत्वमा अब नेपाल र दक्षिण एसियाका संस्थाहरूले स्थानीय स्तरमै एआई गभर्नेन्स तयारी मूल्याङ्कन, ग्याप एनालाइसिस र कार्यान्वयन परामर्श प्राप्त गर्नेछन्।
ईसी-काउन्सिलको विश्वस्तरीय मापदण्ड र वान कभरको क्षेत्रीय साइबर सुरक्षा विशेषज्ञताको यो संयोजनले दक्षिण एसियाली संस्थाहरूलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय नियमसम्मत एआई रूपान्तरणतर्फ अघि बढाउने विश्वास लिइएको छ।