एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिम: एउटा मेसेजले तपाईको फोन पूर्ण रूपमा बन्द गराउन सक्छ

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिम: एउटा मेसेजले तपाईको फोन पूर्ण रूपमा बन्द गराउन सक्छ

काठमाडौं ।

एन्ड्रोइड फोनको सुरक्षामा नयाँ जोखिमपूर्ण समस्या फेला परेको छ। एसएमएस अफ डेथ नाम दिइएको उक्त समस्याका कारण एउटा सामान्य टेक्स्ट मेसेजमार्फत फोन पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुग्न सक्ने छ।

उक्त समस्या सुरक्षा अनुसन्धानकर्ता मार्क ब्लास्जिकले पत्ता लगाएका हुन्।

उनका अनुसार विशेष तरिकाले तयार पारिएको मेसेजले कल व्यवस्थापन गर्ने सिस्टमलाई नै बन्द गराउन सक्छ। यसले इमर्जेन्सी नम्बरमा गरिने कलसमेत अवरुद्ध गर्न सक्छ।

यस्ता करिब २० वटा मेसेज प्राप्त भएपछि फोन निरन्तर रिस्टार्ट भइरहने समस्या हुन सक्छ। यस्तो अवस्थालाई ‘बुटलुप’ भनिन्छ।

अनुसन्धानकर्ताका अनुसार एन्ड्रोइडको १२ देखि १६ सम्मका संस्करण सञ्चालन भइरहेका गुगल पिक्सेल र सामसङ ग्यालेक्सीका डिभाइसहरू उक्त सुरक्षा कमजोरीबाट प्रभावित भएका थिए।

गुगलले यसलाई गम्भीर सुरक्षा जोखिमका रूपमा वर्गीकरण गरेको छ।

टेलिग्राफका अनुसार, पछिल्लो अपडेट गरेका प्रयोगकर्ताहरू भने सुरक्षित छन्। तर पुरानो संस्करण सञ्चालन गरिरहेका वा सफ्टवेयर अपडेट उपलब्ध नभएका फोनहरू अझै जोखिममा रहन सक्छन्।

यस्तो समस्याबाट बच्न विज्ञहरूले तत्काल अपडेट गर्न सुझाव दिएका छन्।

 

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार