असोज महिनामा झण्डै ४ अर्ब बरारबरको ल्यापटप तथा नोटबुक आयात

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
असोज महिनामा झण्डै ४ अर्ब बरारबरको ल्यापटप तथा नोटबुक आयात

काठमाडौं ।

आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न २८ देश र एउटा नाम नखुलेको स्थानबाट ३ अर्ब ८९ करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरका जम्मा ४२ हजार २३८ थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

ल्यापटप तथा नोटबुकहरु लागि यो रकम देशबाहिर जाँदा सरकारले ७२ करोड ६२ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

सबैभन्दा धेरै ३ अर्ब १८ करोड ६२ लाख २२ हजार मुल्य बराबरका ३४ हजार ४५२ थान ल्यापटप तथा नोटबुकहरु चीनबाट आयात छ।

यस्तो छ सङ्ख्याका आधारमा उत्कृष्ट १२ को विवरणः

क्रं स देश विवरण (थान) रकम (हजारमा)
१ चीन ३४४५२ ३१८६३२२
२ कोरिया १२ ७९७
३ मलेशिया ६७६ ४७४४८
४ जापान २३ १३०४
५ थाइल्याण्ड २०३५ १८३७४०
६ नाम नखुलेको स्थान ८३६ ७१८३०
७ अमेरिका १११ १०५५७
८ भियतनाम ३८२३ ३७३४८८
९ यूएई ११९ ७५३१
१० ताइवान ७१ ५७८०
११ बेलायत १२ ९१९
१२ अष्ट्रेलिया १२ १६७५

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...