काठमाडौं ।
नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी माग गरेको छ। कम्पनीले २०८३ कात्तिक आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो।
माग गरिएका पदमध्ये खुलातर्फ ४३ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ।
प्रकाशित सूचनाअनुसार सहायक पदमा ९ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) मा ६ जना, सहायक प्रशासनिक अधिकृतमा ५ जना र ओभरसियरमा २ जना माग गरिएको छ।
त्यस्तै, जुनियर टेक्निसियनमा ७ जना, टेलिकम टेक्निसियनमा ५ जना र सहायक व्यवसाय अधिकृतमा ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ। अन्य पदमा ५ जनाको माग गरिएको छ।
उक्त पदका लागि लोक सेवा आयोगमार्फत परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। आवेदन दिने अन्तिम म्याद मंसिर ३ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ।
पदअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव, उमेर सीमा र आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण नेपाल टेलिकमको प्रकाशित विज्ञापनमा उल्लेख गरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार