बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं ।

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।

‘चाडपर्वको बहार, विगो मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले बजाज विगो खरिदमा ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्।

यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज विगो खरिद गर्ने ग्राहकहरूका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज वोगोमा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

साथै, ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ। सजिलो फाइनान्सका साथसाथै ३६ महिने (ईएमआई) सुविधाले ग्राहकलाई अझ सरल बनाएकोे पनि कम्पनीले जनाएको छ।

नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे मा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (एलएफपी) ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताहरू रहेका छन्।

बजाज विगोले पूरा चार्जमा करिब १३० देखि १४० किलोमिटरको व्यावहारिक रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्। यी सुविधाहरूले दैनिक व्यावसायिक प्रयोगका लागि सवारीसाधनलाई अझ व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउने कम्पनी दाबी गर्दछ।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार