काठमाडौं ।
ग्रिसले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो कानुन सन् २०२७ को जनवरी १ तारिख देखि लागू हुनेछ।
रोयटर्सका अनुसार, ग्रिसको संसदले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने कानुन पारित गरेको हो।
यस पहल मार्फत, सरकारले डिजिटल लत, साइबर बुलिङ (अनलाइन दुर्व्यवहार) तथा बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने प्रभावसम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न खोजेको छ।
नयाँ कानूनअन्तरगत, सामाजिक सञ्जाल सेवाहरूले १५ वर्ष मुनिका बालबालिकाहरूलाई खाता खोल्न वा खातामा पहुँच प्राप्त गर्नबाट रोक्नुपर्छ।
टिकटक, इन्स्टाग्राम, फेसबुक र एक्स जस्ता प्लेटफर्महरूसँग भरपर्दो उमेर- प्रमाणीकरण प्रणाली लागू गर्न २.५ महिनाको समय छ। यस्तो प्रणालीले प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्दै बालबालिकाका खाताहरूलाई सफलतापूर्वक पहिचान गर्न सक्नुपर्छ।
प्रकाशित: १० कार्तिक २०८३, मंगलवार