आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणबाट आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँलाई मिति २०७८ / ०६/१३ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायक (अनुमतिपत्र नं. भि.ज. ६-३१) र इन्टर्नेट (इमेल सहित) सेवा (अनुमतिपत्र नं. फि.ज.१-१७८) को अनुमतिपत्र नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको अवधिभित्र निवेदन पेश नगरेको तथा नियमानुसार नवीकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको नेटवर्क सेवा र इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८३/०६/१३ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ। अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने पनि उल्लेख छ।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×