सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल

काठमाडौं ।

सोनीले आफ्नो प्लेस्टेसन ५ कन्सोलको नयाँ कालो भर्जन मिडनाइट ब्ल्याक सार्वजनिक गरेको छ। उत्तल कन्सोल जापानी बजारमा मात्र उपलब्ध रहेको छ।

नयाँ कन्सोल नोभेम्बर १९ देखि बिक्रिमा आउने छ। यसको मुल्य ५५ हजार जापानी येन करिब ३११ यूरो तोकिएको छ। प्रि अर्डर अक्टोबर २० देखि सुरु हुने छ।

नयाँ मोडल पीएस५ को डिजिटल भर्जन हो जसमा डिस्क रिडर छैन। कन्सोलको बाहिरी आवरण सँगै डुअलसेन्स कन्ट्रोलर समेत कालोमा डिजाइन गरिएको छ।

यो भर्जन जापानी बजारका लागि तयार गरिएको हो। यस कन्सोलमा जापानी भाषा मात्र प्रयोग गर्न सकिन्छ। यसको भाषा सेटिङ जापानमा आधारित प्लेस्टेसन खाता सँग मिल्नुपर्ने छ।

टेलिग्राफका अनुसार पीएस५ मिडनाइट ब्ल्याकमा ८२५ जीबि क्षमताको आन्तरिक एसएसडी स्टोरेज हुनेछ। यो डिजीटल गेम खेल्नका लागि डिजाइन गरिएको भए पनि भौतिक डिस्क प्रयोग गरेर गेम खेल्न चाहने प्रयोग कर्ताले छुट्टै डिक्स ड्राइभ खरिद गर्न सक्नेछन्।

डिस्क ड्राइभ नोभेम्बर १९ देखि बिक्रिमा आउने छ। यसको मूल्य ११ हजार जापानी येन अर्थात् करिब ६८ यूरो तोकिएको छ।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार