काठमाडौं ।
दशैंतिहार लगायतका चाडपर्वको बिदा नजिकिँदै जाँदा काठमाडौंलगायत देशभरका बजारहरुमा चहलपहल छाएको छ। स्मार्टफोन तथा अन्य ग्याजेट तथा इलेक्ट्रोनिक डिभाइसहरुको हब मानिने न्यूरोडको ताम्राकार कम्प्लेक्समा पनि हिजोआज चहलपहल शुरु भएको छ।
स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशत बढे पनि स्मार्टफोनका बारेमा बुझ्न, सके नयाँ नसके पुरानो वा सहजताका लागि किस्ताबन्दीमा भए पनि स्मार्टफोन र अन्य ग्याजेट किन्नेहरुको भिड कम्प्लेक्स भित्र र बाहिर पनि देख्न सकिन्छ।
हेर्नुहोस् तस्बिरमा (सबै फोटो: सदिक्षा आचार्य)




प्रकाशित: २९ आश्विन २०८३, बिहीबार