ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

काठमाडौं ।

स्पेनको दूरसञ्चार कम्पनी ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावे र एरिक्सनसँग छलफल गरिरहेको छ। तर, भविष्यमा युरोप वा स्पेनमा चिनियाँ उपकरणमाथि प्रतिबन्ध लागेमा आफूलाई पर्न सक्ने आर्थिक नोक्सानीबाट बच्न कम्पनीले कडा सर्त राखेको छ।

ओरेन्जले ह्वावेसँगको सम्झौतामा स्पष्ट क्षतिपूर्ति प्रावधान राख्न चाहेको छ, जसमा प्रतिबन्धका कारण हटाउनुपर्ने हार्डवेयर र सफ्टवेयरको खुद बही मूल्य ह्वावेले कुनै थप छलफल बिना नै चुक्ता गर्नुपर्नेछ।

यो नयाँ सर्तले ह्वावेसँगको सम्झौता प्रक्रियालाई प्रभावित पार्न सक्छ। यसअघि ओरेन्जले ह्वावे, एरिक्सन, नोकिया र सामसङसहित चार कम्पनीबीच प्रतिस्पर्धा गराउने योजना बनाएको थियो। तर, त्यो योजना रोकेर कम्पनीले अहिले आफ्ना दुई पुरानै आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष वार्तालाई प्राथमिकता दिएको छ। हाल ओरेन्जको नेटवर्कमा एरिक्सनको हिस्सा ५७ प्रतिशत र ह्वावेको ४३ प्रतिशत रहेको छ।

यूरोपेली संघले साइबर सुरक्षा ऐनमा संशोधन गर्दै उच्च जोखिमयुक्त तेस्रो देशका आपूर्तिकर्ताहरूलाई निषेध गर्ने तयारी गरिरहेको छ। आगामी वर्ष यससम्बन्धी मतदान हुने भएकाले चिनियाँ कम्पनीहरूलाई युरोपमा व्यापार गर्न आगामी दिनमा झनै कठिन हुन सक्छ। स्पेनले यसअघि यस्ता प्रतिबन्धहरूको विरोध गर्दै आए पनि ईयूको नीतिगत परिवर्तनले स्पेनलाई पनि यो नियम मान्न बाध्य पार्न सक्ने देखिएको छ।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×