‘रेस्ट्रिक्टेड च्याट’ परीक्षण गर्दै ह्वाट्सएप, निजी कुराकानीमा थप प्रतिबन्ध

  • Technology Khabar | २० आश्विन २०८३, मंगलवार
‘रेस्ट्रिक्टेड च्याट’ परीक्षण गर्दै ह्वाट्सएप, निजी कुराकानीमा थप प्रतिबन्ध

काठमाडौं ।

ह्वाट्सएपले प्रयोगकर्ताको कुराकानीमा थप नियन्त्रण र गोपनीयता प्रदान गर्ने उद्देश्यले ‘रेस्ट्रिक्टेड च्याट’ नामक नयाँ फिचरको परीक्षण सुरु गरेको छ।

नयाँ फिचर हाल एन्ड्रोइड र आईओएसमा ह्वाट्सएपको बिटा कार्यक्रममा सहभागी केही प्रयोगकर्ताका लागि उपलब्ध छ। डब्लूएबिटाइन्फोका अनुसार ‘रेस्ट्रिक्टेड च्याट’ एन्ड्रोइडको ह्वाट्सएप संस्करण २.२६.३६.४ र आईओएसको २६.३९.१०.२० मा देखिएको छ।

‘रेस्ट्रिक्टेड च्याट’ ले कसरी काम गर्छ?

यो फिचर ‘एडभान्स्ड च्याट प्राइभेसी’ को विस्तार हो र सबै च्याटमा स्वतः सक्रिय हुँदैन। प्रयोगकर्ताले च्याटको जानकारी सेक्सनमा गएर आफूले चाहेको च्याटमा यसलाई म्यानुअल रूपमा सक्रिय गर्नुपर्छ।

फिचर सक्रिय गरेपछि ह्वाट्सएपले च्याटमा सूचना देखाउँछ र त्यस च्याटमा पठाइएका सन्देश तथा साझा गरिएका सामग्री प्रयोग गर्ने तरिकामा चार मुख्य प्रतिबन्ध लगाउँछ।

यी प्रतिबन्धहरू यस्ता छन्:

  • फोटो र भिडियो प्रयोगकर्ताको डिभाइसमा स्वतः सेभ हुँदैनन्।
    कुराकानी एक्सपोर्ट गर्न सकिँदैन।
  • त्यस कुराकानीमा मेटा एआई प्रयोग गर्न सकिँदैन।
  • कनेक्टेड डिभाइसबाट उक्त कुराकानीमा सहभागी हुन सकिँदैन।
  • ह्वाट्सएपका अनुसार पछिल्लो प्रतिबन्धले अनधिकृत क्लाइन्ट वा कृत्रिम बुद्धिमता एजेन्टमार्फत च्याटको सामग्रीमा पहुँच रोक्न मद्दत गर्नेछ।
  • ह्वाट्सएपले ‘रिस्ट्रिक्टेड च्याट’ सक्रिय गरिएको भए पनि नभए पनि सन्देश र कलहरू एन्ड-टु-एन्ड इन्क्रिप्सनबाट सुरक्षित रहने जनाएको छ।
  • यो फिचर अहिले परीक्षणकै चरणमा छ र सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन।                                                                                                                                                        टेलिग्राफका अनुसार हाल यसलाई प्रयोग गर्न चाहने प्रयोगकर्ता ह्वाट्सएपको बिटा कार्यक्रममा सहभागी हुनुपर्नेछ। कम्पनीले व्यापक रूपमा उपलब्ध गराउनुअघि यसको प्रयोग र कार्यक्षमताको मूल्यांकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार