१३औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

  • Technology Khabar | १८ आश्विन २०८३, आईतवार
१३औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा १३औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी यस अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्‍याउने मुख्य उद्देश्यका साथ ‘कृति कनेक्ट’ आयोजना गरिएको हो।

‘क्रियटिभिटि कनेक्ट, होयर इट अल स्टार्ट’ नाराका साथ आयोजित यस कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचारहरू, ऊर्जा र सम्बन्धहरूलाई सुदृढ पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए।

कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको कुरा आनका अध्यक्ष सुदीप थापाले बताए।

प्रकाशित: १८ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...