काठमाडौं ।
गुगलले आफ्नो मध्यम-स्तरीय ‘पिक्सेल १०ए’ को मूल्यमा चुपचाप १०० डलरले वृद्धि गरेको छ, जससँगै यसको सुरुवाती मूल्य ५९९ डलर कायम भएको छ।
अमेरिकी गुगल स्टोरमा शुक्रबारदेखिनै ‘पिक्सेल १०ए’ को मूल्य ४९९ डलरबाट बढेर ५९९ डलर पुगेको छ। मेमोरी जस्ता कम्पोनेन्टहरूको मूल्यमा भइरहेको अत्यधिक वृद्धिका कारण अन्य ब्राण्डहरुले पनि मूल्य बढाएको बेला गुगलले समेत बढाएको छ। यद्यपि, गुगलले मूल्य वृद्धिको विषयमा अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
गुगलले आफ्ना नयाँ ‘पिक्सेल ११’ (Pixel 11) डिभाइसहरूको मूल्य अघिल्लो पुस्ताका मोडलहरूको तुलनामा बढाउने निर्णय गरेपछि यो कदम चालिएको हो।
जब गुगलले ‘पिक्सेल ११’ महँगो हुने कुरा पुष्टि गर्यो, कम्पनीले यसको असर अन्ततः “बजारमा उपलब्ध पिक्सेल फोनहरू” मा पनि पर्ने बताएको थियो।
हाल १२८ जीबी क्षमताको आधारभूत ‘पिक्सेल १०ए’ को मूल्य ५९९ डलर र २५६ जीबी मोडलको मूल्य ६९९ डलर रहेको छ। अमेजन र बेस्ट बाइमा नयाँ मूल्यहरू लागू भइसकेका छन् भने गुगल स्टोरमा ‘पिक्सेल १०ए’ को मूल्य क्यानडामा ८४९ डलर, बेलायतमा ५९९ पाउन्ड र युरोपमा ६४९ युरो देखाइएको छ।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार